April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, पहिरोको डरले बसेका थिए एउटै घरमा

1.1K

काठमाडौं । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका छन् । प्रहरीका अनुसार लगातार वर्षाका कारण पहिरोको डरले आठै जना एउटै घरमा बसेका थिए । उनीहरुको सनाखत हुन सकेको छैन ।

पहिरोमा परी तीन जना अझै बेपत्ता छन् । बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको तर वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको प्रहरीले जनाएको छ ।

Advertisement