January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

मोरङमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

1.3K

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–८ मा आईतबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउदै गरेको प्र.१–०२–०२९ प ८१५४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकलमा सवार बेलवारी नगरपालिका–२ का ४५ किरण बराईलीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको तथा घाईते भएका मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।