April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

रामेछापमा बस दुर्घटना, १२ घाइते

1.3K

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रामेछापबाट काठामाडौं आउँदै गरेको बा ३ ख ४०४८ नं. को बस रामेछापको भिरपानीमा दुर्घटना भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार घाइते भएका १२ जना मध्ये एक जना गम्भीर घाइते भएका छन् । घाइते सबैलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Advertisement