काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । उनी शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा मृत भेटिएका हुन् ।
काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए ।
ओखलढुंगाका ढुंगेल २०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट सभासद् भएका थिए । एमाले पोलिटब्युरो सदस्य ढुंगेल नेकपा विभाजन भएपछि एमालेमै बसेका थिए ।