January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

धरान–धनकुटा सडक खण्डमा गुडिरहेको बसमा आगलागी

2.8K

धनकुटा । कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डमा गुडिरहेको बसमा आगलागी भएको छ । शुक्रबार अपराह्न साढे ३ बज भेडेटार नजिक काठमाडौंबाट धनकुटातर्फ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बसमा आगलागी भएको हो ।

विद्युत् सर्ट भई अकस्मात बसमा आगलागी सुरु भएपछि यात्रुहरु भागाभाग भएको जनाइएको छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले धरानबाट आएको दमकलको सहायतामा निभाइएको थियो ।

प्रहरीका अनुसार बसको पूर्णरुपमा क्षति भएपनि मानवीय क्षति भने भएको छैन । आगलागी सुरु भएपछि यात्रुहरु उत्रिएर बच्न सफल भएका छन् । केही यात्रुको झोला तथा सामान क्षति भएको जनाइएको छ । बसमा ३५ यात्रु सवार थिए ।

Advertisement