January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

लोसपाले गठबन्धनसँग माग्यो १५ सिट र मधेस प्रदेशको मुख्यमन्त्री

1.7K

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनसँग १५ सिट मागेको छ । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा जुटेको सत्ता गठबन्धनको बैठकबाट जसपा बाहिरिएपछि लोसपाले मधेस प्रदेशको मुख्यमन्त्री समेत दाबी गरेको स्रोतको भनाइ छ ।

लोसपा नेताहरू काँग्रेससँग छुट्टै छलफल गरेर शुक्रबार गठबन्धनको बैठकमा सामेल भएका थिए । बैठकमा सत्ता गठबन्धनले जसपालाई दिएजति सिट दिन्छु भनेको बताइएको छ ।

आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको जसपालाई गठबन्धनले १६ सिट दिने भने पनि यतिले नपुग्ने भन्दै आफूलाई जसले धेरै सिट दिन्छ, उतै जान खुला रहेको उसले बताउँदै आएको थियो ।

Advertisement

शुक्रबारको बैठकमा सहभागी लोसपा नेता जितेन्द्र सोनालले भने छलफल सकारात्मक भएको मात्र बताए । उनले आफूहरू सिट संख्यामा प्रवेश नगरेको दाबी गरे ।