काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारको नाम टुंगो लगाएको छ । राप्रपाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको हो ।
सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० उम्मेदवार केन्द्रले छनोट गरेको राप्रपाले जनाएको छ ।
राप्रपाका एक नेताका अनुसार समान विचार भएका केही दल तथा समूहसँग तालमेल भए केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने बताए ।