January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

1.5K

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका २ तल्लो मसिनेस्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे एक बजे गएको पहिरोमा परी मृतकहरूमा श्रीमान–श्रीमती र छोरीको मृत्यु भएको हो । उनीहरूको शव बिहान ६ बजे निकालिएको प्रहरीले जनाएको छ ।

मृतक काभ्रे धुलिखेल नगरपालिका–१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ वर्षीया छोरी सारफी तीन वर्ष यता चन्द्रागिरीमा घर बनाएर बस्दै आएका थिए ।

Advertisement