January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र अधिकांश ग्रामीण सडक अवरुद्ध

1.6K

काठमाडौं । पहिराका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ । कतिपय स्थानका सडक भासिएको छ । सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाडी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको छ ।

जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध हुँदा दसैँका टीका लगाउन आफन्तकोमा जानेहरु समस्यामा परेका छन् ।

Advertisement