February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

3.1K

मेयङलुङ । तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको हो । इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

Advertisement