April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

रौतहटमा जिपको ठक्करबाट एक युवकको मृत्यु

1.5K

काठमाडौं । रौतहटमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मंगलबार राती चन्द्रपुर ३ स्थित गैडाटार गाउँमा भएको घटनामा पैदल यात्री स्थानिय ३३ वर्षिय ईमान सिंह थिङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चन्द्रपुर– ३ पूर्वीटोलस्थित भित्री सडक खण्डमा गैंडाटारबाट च.पुर आउँदै गरेको प्र.२–०३–००१ च १९४४ नम्बरको पिकअप जिपले ठक्कर दिँदा थिङको मृत्यु भएको हो । घटना लगत्तै जिप र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट घाईते थिङलाई तत्कालै उपचारको लागि चन्द्रनिगाहपुर अस्पताल ल्याएका थिए । तर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनायो । घटनाका पिडितका आफन्तले चालकको लापरबाही भनेका छन् । आफ्नै साईडमा हिडेका थिङलाई चालकको लापरबाहीले गलत दिशामा पुगेर ठक्कर दिएको मृतकका आफन्तको भनाइ छ ।

Advertisement

घटना पछि मृतकका आफन्तहरु ईलाका प्रहरी कार्यालय अगाडी भेला भई चालकलाई सार्वजनिक गर्न माग राखे । त्यस क्रममा केही बेर तनाव भएको थियो । उनीहरुले प्रहरी कार्यालय भित्र पसेर चालक पक्राउ परेको छ/छैन हेरेका थिए ।

पिकअप चालक चन्द्रपुर ६ तल्लोबजारका किशोर साह बानियालाई नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार साह जिप मालिक हुन् । चालकलाई पछाडी राखेर साहले जिप चलाएका थिए