काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बडादशैंको टीकाको उत्तम साइत आज बिहान ११ बजेर ५१ मिनेट रहेको छ । घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई बिहान १० बजेर ३४ मिनेटमा बिसर्जन पछि टीका लगाउन साइत समितिले उल्लेख गरेको हो ।
विभिन्न देशमा अलग–अलग साइत रहेको जनाइएको छ । भारतका लागि १० बजेर ४५, अमेरिकाको केन्टुकीका लागि ११ बजेर ११ मिनेट, टेक्सासमा ११ बजेर ३५, क्यालिफोर्नियामा ११ बजेर ४५, वासिंटन डिसीमा ११ बजेर २५, क्यानडाको टोरन्टोमा ११ बजेर ३९, भ्यानकुभरमा ११ बजेर ४५, स्वीटजरल्यान्डमा ९ बजेर ५५, बेलायतमा ११ बजेर ५७, पोर्चुगलको लिस्बनमा ११ बजेर ३५, फ्रान्सको पेरिसमा विहान ११ बजेर ५५ को साइत तोकिएको छ ।
यसैगरी, नर्वेको ओस्लोमा ११ बजेर ५५, जापानको टोकियोमा आज बिहान १० बजेर ३९ मिनेट, न्युजिल्यान्डमा सोही १०ः५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०ः४१, मेलबर्नमा बिहान १०ः५५, ब्रिसबेनमा बिहान ११ः०५, मलेसियाको क्वालालाम्पुरमा बिहान १०ः२५ बजे, सिंगापुरमा ११ः२७ बजे, थाइल्यान्डमा १०ः२१, हङकङमा १०ः५५, दक्षिण कोरियामा १०ः५१, साउदी अरेबियामा ९ः५५, कतारमा ८ः१५ र यूएईमा बिहान ९ः०१ मा टीकाको उत्तम साइत रहेको समितिले विज्ञप्तिमार्फत् जनाएको छ । म्यानमारमा ९ः५५ र इजरायलमा १०ः२७ मा टीकाको शुभ साइत रहेको उल्लेख छ ।