April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

तेह्रथुमको छथरमा एक महिला मृत अवस्थामा फेला

1.6K

काठमाडौं । तेह्रथुममा एक महिला मृत अवस्थामा फेला परेकी छन् । छथर गाउँपालिका–२ खैरेनी बस्ने ६५ वर्षीया बिष्णु कुमारी लिम्बु मृत अवस्थामा फेला परेकी हुन् ।

सोमबार साँझ करिब ४ बजेतिर उनी खैरेनीस्थित सुगन्धघारी जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । मृत अवस्थामा देखेका एक स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतक शवलाई मंगलबार पोष्टमार्टमका लागि धनकुटा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement