April 24, 2024, Wednesday
२०८१ बैशाख १२
1:37:26 pm

संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता

1.6K

खाँदबारी । संखुवासभाको सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । सोमबार आफ्नै गाडी लिएर खाँदबारी नगरपालिका ९ स्थित सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेका छन् ।

प्रहरीका अनुसार प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement