April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’बाट सइन्द्र पुरस्कृत

1.4K

काठमाडौं : ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’ सइन्द्र राईले पाएका छन्।

शुक्रबार किरात राई पत्रकार संघको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राईलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं किरात राई यायोक्खाका महासचिव भीम राईले नगद तथा प्रमाणपत्रसहित सम्मान गरेका हुन्। पुरस्कार राशि जनही साढे १० हजार रुपैयाँ रहेको किरात राई पत्रकार संघका महासचिव कृष्ण जीत राईले जानकारी दिए।

Advertisement

पुरस्कृत राई हाल अनलाइनखबरमा आवद्ध छन्।

संघले हरेक वर्ष कृषि विज्ञ मदन राईद्वारा स्थापित अक्षय कोषबाट राई पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ। संघका केन्द्रीय अध्यक्ष अवतार राईले देशका विभिन्न जिल्लाहरुमा पनि विविध कार्यक्रम आयोजना गरी १५ औँ स्थापना दिवस मनाइरहेको जानकारी दिए।