सुनसरी । ईटहरी उपमहानगरपालिका–१७ कान्छीचोक चतरा सडकमा को.२ च ८४४ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री रामधुनी नगरपालिका–३ बस्ने ६३ वर्षीय चन्द्र राज दाहालको बुधबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, पाँचथर फिदिम नगरपालिका–४ साल्बारीस्थित सडकमा माझीटारबाट फिदिमतर्फ जाँदै गरेको को.४ प ८९९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कुम्मायक गाउँपालिका–२ कात्तिके बस्ने २४ वर्षीय भिमबहादुर माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




