February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

मुस्लिम इतेहाद संगठन नेपाल बाराको जिल्ला भेला सम्पन्न

5.4K

बारा । मुस्लिम इतेहाद संगठन नेपाल बाराको वृहत जिल्ला भेला सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकामा शनिबार मुस्लिम इतेहाद संगठन नेपालको वृहत जिल्ला भेला सम्पन्न भएको हो ।

भेलाको उद्घाटन पार्टीको केन्द्रीय सचिव नागेन्द्र चौधरीले गरेका थिए । प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सचिव चौधरीले राष्ट्रपतिले नागरिकता विधेयक बहुमतले पास भए पनि राष्ट्रपतिले विधेयक पास नगरी देशलाई विखण्डन गर्न खोजेको बताए । नेपालमा वसोवास गर्ने प्रत्येक नागरिकले नागरिकता ऐन अन्तर्गत नागरिकता पाउनुपर्ने उनको धारणा थियो । उनले २०७२ सालमा आएको संविधानलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउन सबै एक हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री किसान श्रेष्ठले मुस्लिम समुदायलाई आत्मसाथ नगरे जिल्लामा कुनै पार्टी सफल नहुने बताए । चुनावको बेला मुस्लिम समुदायलाई सिरमा बसाउने र आफ्नो स्वार्थ सिद्ध भए पछि हेला गर्ने दिन अब गएको पूर्व मन्त्री श्रेष्ठले बताए । नेपाल एकीकृत समाजवादीले क्षेत्र नम्बर ४ मा बाटो नाला, मठ मन्दिर, मस्जिद, पार्क लगायतको विकासको लहर ल्याएको समेत जानकारी गराए ।

Advertisement

कार्यक्रममा मुस्लिम इतेहाद संगठनको केन्द्रीय अध्यक्ष ताज मोहम्मद मियाले सबै धर्म, जातजातीलाई एकसाथ लिएर अघि बढे मात्रै सफल हुने बताए । मुस्लिम समुदायको हज यात्रीहरू विदेशबाट पढेर आएकाहरूको सर्टिफिकेटलाई अन्य समुदायका विद्यार्थीहरू झै मान्याता दिनुपर्ने उनको धारणा थियो । गठबन्धनबाट क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीलाई भारी मतले विजयी गराउनुपर्ने मियाले बताए ।

मुस्लिम इतेहाद संगठन नेपालको बारा जिल्ला अध्यक्ष फुल मोहम्मद मियाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य एवम् बारा जिल्ला इन्चार्ज दिनेश राई, पार्टी जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा लगायतको सहभागिता थियो ।

पार्टी सहइन्चार्ज श्रीप्रसाद पासवान, संविधान सभा सदस्य विभा कार्की, केन्द्रीय सदस्य चमिना भट्टराई, हिमाल खरेल, मुस्लिम इतेहादको उपमहासचिव उस्मान अंसारी, सचिव मोहम्मद कलिमुल्लाह, गुलाम सरोवर, केन्द्रीय सदस्य ईर्साद अंसारी, मधेश प्रदेश अध्यक्ष सलामुदिन दर्जी, निर्वाचन आयोगको सदस्य बतहु यादव, मुस्लिम इतेहाद संगठन केन्द्रीय सदस्य इमरान आलम, इब्राहिम ठकुराई, सुखाडी देवान, कुदर मिया, अनवर अंसारी, जाहिद परवेज लगायत पार्टीका भातृ सङ्गठनका अध्यक्ष, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।