November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सवारीचालक अनुमतिपत्रका लागि आवेदन खुला

4K

काठमाडौं – काेराेना भाइरसका कारण २०७६ चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

चीनबाट शुरू भएको काेराेना भाइरस महामारी विश्वव्यापी हुँदै नेपालसम्म फैलिन थालेपछि सरकारले २०७६ चैत ११ देखि देशव्यापी बन्दाबन्दी गरेको थियाे ।

सेवाग्राहीले अनलाइनमाफर्त फारम भर्नु पर्ने छ ।
मंगलवारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूरा गरी पुनः लाइसेन्सको सेवा सुचारु गर्ने निर्णय गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । विभागले प्रादेशिक कार्यालयमार्फत लाइसेन्सका लागि परीक्षा लिने तयारी गरेको हो ।

Advertisement