मोरङ । मोरङ बुढिगंगा गाऊपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम छथर शुक्रबारे ५ डुम्रे घर भएका २४ बर्षीय आकाश लिम्बु रहेका छन् ।
हिजो बेलुका सँवा ४ बजे फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भीर घाईते भएका लिम्बुको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा बेलुकै साढे ४ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।