June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

जबराले महाभियोग सिफारिस समितिको बैठकमा तथ्यगत जवाफ दिएनन्ः मीन विश्वकर्मा

1.6K

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा तथ्यगत जवाफ नदिएको बताइएको छ । बुधबारको बैठकमा जबराले आफूमाथि लागेका आरोपको तथ्यगत जवाफ दिन नसकेको काँग्रेसका सांसद तथा महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले बताए ।

समितिको बैठकपछि काँग्रेस सांसद विश्वकर्माले भने, ‘पहिलो दिन भएको र केही प्रश्नहरू अरु प्रश्नमा जोडिएको, उहाँलाई धेरै कुरा भन्न मन लागेर होला लामो–लामो जवाफ दिनुभयो । यसरी भयो, यस्तो भयो, यो स्वाभाविक भयो भन्ने जवाफ आएको छ, थप केही छैन् ।’

निलम्बित जबराले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठकमा बयान दिएका थिए । जबरा र समिति सदस्यहरूबीच साढे ३ घण्टा सवाल जवाफ भएको थियो ।

Advertisement

जबराले सांसदहरूलाई जबराको भूमिका मन नपरेर महाभियोग लागेको र आफूविरुद्धको महाभियोग मन नपरेर त्यो निष्क्रिय भएको भनेको मीन विश्वकर्माले बताए ।

महाभियोग सिफारिस समितिले बिहीबार ११ बजेदेखि जबरासँग फेरि बयान लिनेछ ।