July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

पेसागत महासंघ नेपाल इलाम जिल्ला समिति गठन

5.5K

इलाम । पेसागत महासंघ नेपालको आयोजनामा सूर्योदय नगरपालिका इलाममा जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्ष मात्रिका प्रसाद विश्वकर्माको अध्यक्षता एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा पेशागत महासघँका केन्द्रीय अध्यक्ष प्रेमल कुमार खनालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पेशागत महासङ्घको इलाम जिल्ला समिति अध्यक्षमा जित बहादुर राई चयन भएका छन् भने, उपाध्यक्षमा चन्द्र बहादुर खत्रि, सचिव डिल्ली शकंर, सहसचिव चेतन अधिकारी, कोषाध्यक्ष बेनुप भट्टराई, सदस्यहरु गोपाल काफ्ले, पुकार लाप्चा, सूर्य खवास, सागर भुजेल, तुलसी क्षेत्री, नारायण भट्टराई, बिपिन ढकाल र अशोक तामाङ भएका छन् ।

सेवा निर्वृत्त राष्ट्रसेवक सङको अध्यक्षमा पुन्यप्रसाद नेपाल चयन भएका छन् भने सदस्यहरूमा राधा केसी, टिका खत्री, धनकुमार चाम्लिङ राई, केशर बहादुर राई, नर बहादुर कार्की चयन भएका छन् ।

Advertisement

स्थानीय निकाय कर्मचारी संघको अध्यक्षमा पूर्णबहादुर राई चयन भएका छन् भने उपाध्यक्षमा उज्वल सुवेदी, सचिवमा खगेन्द्र प्रधान सदस्यहरूमा दिपेन्द्र कार्की, झलनाथ पोख्रेल, लिलानाथ बास्तोला, कमला निरौला र रणविर राई चयन भएका छन् ।

विद्यालय तथा विश्व विद्यालय शिक्षक एशोसिएसन अध्यक्षमा अनिल मुखिया चयन भएका छन् भने उपाध्यक्षमा सूर्य खवास, सचिव दिपक पौडेल, कोषाध्यक्ष रिना राई, सदस्यहरूमा रचना राई, चन्द्र खत्री, शेखर आचार्य, गोबिन्द तिमल्सीना, क्षितिज लुगङेली मगर, तुलसी क्षेत्री र नर बहादुर राई चयन भएका छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी इलाम जिल्ला अध्यक्ष भक्त केसि नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य एवं सूर्योदयनगर प्रमुख रणबहादुर राई, नेकपा एस इलाम उपाध्यक्ष एबं जिल्ला समन्वय समिति इलाम उपप्रमुख चित्रकला बराईली, प्रदेश कमिटि सदस्य बेदनिधि निरौला, प्राध्यापक सघँका केन्द्रीय समिति सदस्य सन्तोष पराजुली प्राध्यापक संघ इलाम प्रमुख मोहन सिंह थेबे पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य मदनप्रसाद खतिवडा, सूर्योदय नगरपालिका १२ का अध्यक्ष डोलेन्द्र भाद्धवज, नगर कमिटी अध्यक्ष कमल गदाल, समाजवादी प्रेस संगठन प्रदेश कमिटी सदस्य जय राई जिल्ला कमिटी सदस्य दिपेश राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सूर्योदय नगर प्रमुख राई, इलाम अध्यक्ष केसी, लगायतले शुभकामना मन्तव्य रादेका थिए भने प्रमुख अतिथि एकीकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य तथा पेशागत महासङ्घका केन्द्रीय अध्यक्ष खनालले पेशागत महासङ्घको सङ्गठन परिचालन अभियान स्थापना लक्ष्य र वैचारिक आधार, सङ्गठनको संरचना, महासंघ स्थापना भएपछि प्राप्त भएका उपलब्धीहरू महासङ्घमा आवद्ध र सम्वद्ध सङ्गठन लगायतबारे सहजिकरण गरेका थिए ।