November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कतारमा रमाइलो तीज तथा सचेतना कार्यक्रम सम्पन्न

3.2K

शारदा भुजेल

दोहा । नेपाली महिलाहरुको महानपर्व तीजको अवसर पारेर नेपाली महिला समाज कतारले रमाइलो तीज, तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । “नेपाली महिला समाजको चाहाना,एकता र सहयोगको विशुद्द सामाजिक भावना” भन्ने मूल नाराका साथ स्थापना भएको सस्थाले प्रत्येक बर्ष मनाउदै आएको कार्यक्रमलाई निरन्तरता दिदै यश बर्ष पनि समाजले तीज तथा सचेतना कार्यक्रम सप्पन्न गरेको हो ।

संस्थाकी अध्यक्ष सरिता भन्डारी पौडेलको सभापतित्व तथा नेपाली दूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालको प्रमुख आथित्यता रहेको कार्यक्रममा कतारमा स्थापित सामाजिक संघ संस्था, पत्रकार, व्यवसायी, साथै कलाकारको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा रेष्मी वि.क, रेविका तामाङ, समृद्धि सापकोटा, शान्ति वलि, जिया हमाल, कृजल पन्थी, प्रज्ञा न्यौरे, सपना परियार, सृष्टि श्रेष्ठ, बर्बी खड्का, आरोही थापा, दिया सिंह, आरुषी रिजाल, सृष्टि लामा, गुना मगर ”निशु” लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियोे ।

शुक्रबार दोहाको ओसिस बिच क्लवको सभाहलमा सम्पन्न कार्यक्रमको प्रथम उपाध्यक्ष माया केसीले स्वागत तथा महासचिव कामना केसी र सचीव सन्ध्या अर्यालले सञ्चालन गरेका थिए ।

महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिलाहरुका समस्याका समाधानका साथै सामाजिक कार्यहरुसँगै स्वास्थ्य सम्बन्धी अभिमुखिकरण अनलाइन तालिमहरु समेत दिदै आएको छ ।