काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले बैठक बोलाएका छन् । महानगरपालिकाले अनधिकृत संरचना भत्काउन थालेपछि अध्यक्ष श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले साना व्यवसायीको बिचल्ली भएकाले त्यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको बताएका छन् ।
श्रेष्ठले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीको बिचल्ली भएको बताए । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेको संरचना भत्काउँदै बिचल्ली पारेको उनको भनाइ छ ।