धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको भंगालोमा डुबेर बालकको मृत्यु भएको छ । नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार दिउँसो पौने २ बजे सरस्वति मावि राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र–९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझी विद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारेको र उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।