धरान । ‘याक्थुङ निसाम्सा चुम्भो महेन्द्र बहुमुखी क्याम्पस धरान’ क्याम्पस शाखाको छैटौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले निवा लावतीको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा उवाहाङ लिम्बू र रुपा तेयुङ, सचीव बिनिता लिम्बु सह–सचीव संजोग मिभक र कोषाध्यक्षमा टुजन लिम्बु चयन भएका छन् । यस्तै, सदस्यहरुमा सपना माबो, सुनिता सेरेङ, सिर्जना आङ्बुङ, तुलसा सिंघक, सबिर यक्सो, अमिता हुक्पा चोङ्बाङ, जुली माङ्यक चयन भएका छन् ।

लिम्बु विद्यार्थी मञ्च केन्द्रीय उपाध्यक्ष राम लिङ्दमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशेष अतिथिहरु केन्द्रिय उप महासचिवद्वय सागर सरगम चेम्जोङ र प्रदिप नेयोङ उपस्थित थिए । अन्य अतिथिहरु आदिवासी जनजाति विद्यार्थी महासंघ सुनसरी अध्यक्ष बुद्रोस लिम्बु, नेवा दे दवु विद्यार्थी संघ ईकाई अध्यक्ष रबिन श्रेष्ठ, किराँत राई विद्यार्थी संघ प्रतिनिधि युवराज राईको उपस्थित थिए ।
लिम्बु विद्यार्थी मञ्च ईकाई सदस्य तथा सन्चारकर्मी मौसमी पारघारीले संचालन गरको उक्त कार्यक्रको सभाध्यक्ष कार्यवाहक अध्यक्ष प्रदिप योङ्हाङले गरेका थिए ।
