November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शिशिर ऋतुमा तीन आरोही समूह

3.6K

काठमाडौँ – शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् ।

शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार विन्टर सिजनका लागि अमादब्लम (६,८१४ मिटर), लुजा पिक (५७२६ मिटर) र काङ्गेरी–२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । अमादब्लम हिमाल आरोहणका लागि चार, लुजा पिक चढ्न तीन र काङ्गेरी आरोहणका लागि एकजनाले आरोहण अनुमति लिएका हुन् ।

तीनवटै हिमालबाट रु ९३ हजार २९० रोयल्टी जम्मा भएको छ । सन् २०१९ को विन्टर सिजनमा आठ आरोही समूहका ३६ जना अरोही (पुरुष मात्र) सदस्य थिए । उनीहरुबाट रु २१ लाख २५ हजार रोयल्टी उठेको थियो । यो वर्ष जाडो याम भर्खरै शुरु भएकाले साना हिमाल र पिक आरोहणमा आरोही बढ्नसक्ने विभागको भनाइ छ ।

Advertisement

कोभिड–१९ महामारीबीच सरकारले गत कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुल्ला गरेको थियो । यस वर्षको शिशिर ऋतुमा विभिन्न हिमाल आरोहणका लागि १२ आरोही समूहका नौ महिला र ६८ पुरुषसहित आरोही सदस्य थिए । शिशिर ऋतुमा रु ४० लाख ६३ हजार रोयल्टी जम्मा भएको थियो ।

सन् २०१९ को शिशिर ऋतुमा १६४ आरोही समूहका २५७ महिला र ९५३ पुरुष गरी एक हजार २०० आरोही सदस्य थिए । उक्त याममा रु पाँच करोड ५७ लाख ८३ हजार रोयल्टी उठेको थियो ।