–प्रकाश दिप्साली राई
नडाहा । सुमधुर स्वरकी धनी नवगायिका योजना राईको दोश्रो गीत ‘कसम तिमीलाई’ सार्वजनिक भएको छ । गीत आज साँझ ४ बजे भाव इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
उक्त गीतको शब्द सुरेन्द्र कुलुङ राईको रहेको छ भने सङ्गीत विष्णु चाम्लिङ राईको रहेको छ । यस्तै, एरेन्ज राजु कार्कीको रहेको छ ।
उदयपुर, मैनामैनीकी नवगायिका योजना राईले यसअघि पनि ‘अधेरीमा छु भनेर’, ‘घर मेरो पूर्व पाँचथर’लगायतका गीत बजारमा ल्याइसकेकी छन् ।
माया र प्रेममा समर्पित यस गीतमा आफ्नो प्रेमीलाई विश्वास दिलाइएको भाव रहेको छ । आजै जेफाले सिर्जना डबलीमा आफ्नो कुरा राख्दै यसअघिको गीतको तुलनामा अझ धेरै मिहिनेत गरेको हुनाले स्रोता तथा दर्शकले रुचाइदिने विश्वास लिएकी छन् । साथै गीत सुनेर सल्लाह सुझाव दिन अनुरोध समेत गरेकी छन् ।
यस गीतको भिडियोको निर्देशन रमेश राईले गरेका हुन्।