बुटवल । नजिकिदै गरेको हरितालिका तीजको अवसर पारेर ‘निर्मल हृदय संस्था नेपाल’ले दर खाने कार्यक्रम आयोजना गरेको छ । शनिबार सुख्खा नगरमा अवस्थित होटल मेरिगोल्डमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे रहेका थिए ।
संस्थाको अध्यक्ष सुलोचना भण्डारीको अध्यक्षता रहेको सो कार्यक्रमको विशेष अतिथिका रुपमा नेपाल सरकार स्वास्थ मन्त्रालय कान्ति बाल अस्पतालका प्रमुख डा. राजेन्द्र खनाल रहेका थिए । यसैगरी अतिथिहरूमा बुटवल उपमहानगरपालिका वडा नं. ११ का कार्यवाहक वडा अध्यक्ष नकुल शाही ठकुरी, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश वन अधिकृत राम ध्यान शाह रहेको थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष जस्मिन भण्डारीले संस्थाको उद्देश्य, काम, कर्तव्यबारे जानकारी दिएकी थिइन् । यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे तथा अतिथि सबैले संस्थालाई शुभकामना दिएका थिए ।
संस्थाका सचिव छवि न्युरेले संचालन गरेको उक्त कार्यक्रममा दिदीबहिनीहरूले नाचगान गरेर कार्यक्रमको शोभा बढाएका थिए ।
।