February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्वाचित

1.7K

काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघको अध्यक्षमा चन्द्र साउद निर्वाचित भएका छन् । साउन २६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उपभोक्ता संरक्षणको प्रथम अधिवेशनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष साउद लगायत अन्य ४२ जना सदस्यहरु ३ बर्षको लागि निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने अन्य सदस्यहरुमा कर्ण बहादुर विश्वकर्मा, जीवन बाँनिया, अर्जुन कुमार श्रेष्ठ, रोहित बहादुर खत्री, सोनाम लामा, लक्ष्मी शर्मा, सहदेव जोशी, अर्जुन ठकुल्ला, लोक बहादुर बोहरा, जिवन विक्रम शाह, डा. जिेतेन्द्र उपाध्याय, सानी मैया अर्याल, लुमडी बहादुर कार्की, जयकला बस्नेत लगायतका रहेका छन् । अध्यक्ष साउदको नेतृत्वको समितिको पदाधिकारी मनोनयन भने निर्वाचित केन्द्रीय सदस्यहरुबाट केन्द्रीय समितिको बैठकले तोक्ने छ ।

‘कालोबजारी गुणस्तरहिन बस्तु तथा सेवाको पूर्ण निष्क्रियता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता’ भन्ने मूख्य नारासहित गृह मन्त्रालयमार्फत उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवशनको उद्धाटन महानायक राजेश हमालले गरेका थिए । सम्मेलनमा अध्यक्षको प्रतिवेदन विधान संशोधन तथा आर्थिक प्रतिवेदन समेत पास गरेको थियो । सम्मेलनमा सातै प्रदेशबाट झण्डै ३०० प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Advertisement