पाँचथर । पाँचथर मिडिया प्रालिका अध्यक्ष कबिन्द्र शेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथरले ५० हजारको राशि सहितको पुरस्कार प्रदान गर्ने भएको छ ।
फोनिज शाखा पाँचथरको मंगलबार बसेको बैठकले जिल्लाकै फोनिजका पत्रकार शेर्मालाई ‘फोनिज पत्रकारिता पुरस्कार–२०७९’ प्रदान गर्ने निणर्य गरेको हो ।
हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।
फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते (आज) फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि पुरस्कार वितरण गरिनेछ ।




