काठमाडौं । जापानका लागि नवनियुक्त नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी नेपाली राजदुतावास जापानमा हाजिर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिए पश्चात डा सुवेदी राजदुतावास जापानमा हाजिर भएका हुन् ।
डा सुवेदीले ३ अगस्त २०२२ मा नेपाली राजदुताबास टोकियोमा पदभार ग्रहण गरेका हुन् । नेपाल सरकार र नेपाली राददुतावास जापानका तर्फबाट दुतावासले गर्नुपर्ने सम्पूर्ण काम “आजको काम आजै, भोली नभन्ने नीति” लिने प्रतिबद्धता जनाएका छन् ।
उनले कन्सुलर सेवा सरल, सहज र जनमैत्री बनाउन संकलित पुरा ‘डकुमेन्ट’लाई काम गरीदिने परिपाटी आफ्नो कार्यकाल हुने आश्वासन समेत दिएका दिए ।
नेपाली राजदुतावास लण्डनमा पनि उनले सोही नारा लागु गरी ४ बर्षे कार्यकाल पुरा गरेका थिए ।