–शारदा खवास
दोहा । कतारमा यसैवर्ष आयोजना हुने फिफा विश्वकप एक दिन अघि सरेको छ । उद्घाटन खेलमा आयोजक कतारले अब इक्वेडरसँग २० नोभेम्बरमा खेल्नेछ ।
फिफा काउन्सिलको ब्यूरोले सर्वसम्मत निर्णय गरेपछि अल बायत रंगशालामा यस वर्षको प्रतियोगिताको उद्घाटन खेल र समारोह एक दिन अगाडि सारिएको हो ।
यसअघि नोभेम्बर २१ मा अफ्रिकन च्याम्पियन सेनेगल र नेदरल्यान्ड बिचको खेलबाट प्रतियोगिता सुरु गरिने तय भएको थियो ।
प्रतियोगिता नोभेम्बर २० बाट सुरु भएपनि यसअघि तय भैसकेको अन्य खेलको मिति र समयमा कुनै फरक पर्ने छैन ।
सेनेगल र नेदरल्याण्ड्सबीचको भिडन्त नोभेम्बर २१ मा हुनेछ । कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।