काठमाडौं । हुम्लामा एक स्वास्थ्यकर्मी मृत भेटिएका छन् । गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका– ४ का १९ वर्षीय जीवन बोगटी मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । बोगटी चार दिनपछि ताँजकोट –३ स्थित रानीवन भन्ने जंगलमा झुण्डीएको अवस्थामा फेला परेका हुन् ।
फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्य चौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्य संस्थाबाट निस्केको भएपनि घर नपुगेपछि खोजि गरिएको थियो । स्वास्थ्यकर्मी बोगटीले के कारणले आत्महत्या गरे भन्ने बारेमा केहि थाहा नभएपछि त्यसको अनुसन्धान भैरहेको छप्रेला प्रहरी चौकीले जनाएको छ ।