February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

फोहोर ओसार्ने गाडीमा तोडफोड

3.1K

काठमाडौं । सोमबार राति काठमाडौं महानगरपालिकाको फोहोर बोकेर बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा गएको गाडीहरू तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको हो ।

दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको जनाइएको छ । नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजे ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

Advertisement

सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए । तोडफोड भएपछि घट्नास्थलमा प्रहरी मध्यरात १२ बजे पुगेको थियो ।

यसैबीच, सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै टिपर चालकहरूले सिसडोलमा मंगलबार बिहान नाराबाजी गरेका छन् ।