काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागले जनसंगठनका पदाधिकारीहरुलाई प्रशिक्षण संचान गर्दै छ । विभागले संचालन गरेको प्रशिक्षण कार्यक्रममा अनेमसंघ समाजवादी, जनजाति खेलकुद र दलित मुक्ति संगठनका पदाधिकारीहरु र र केन्द्रीय नेतृत्व गरी ७५ जनको सहभागिता रहेको छ । शुक्राबारबाट सुरु भएको प्रशिक्षण एक हप्ता सम्म संचालन हुने एकीकृत समाजवादीको पार्टी स्कुल विभागका सचिव तथा केन्द्रीय कमिटी सदस्य अशेष घिमिरेले बताए ।
प्रशिक्षणमा समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको विषयमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले, दक्षिणपन्थी विसर्जनवाद विरुध्द संघर्ष उपाध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख प्रमेश हमाल र नेपालमा जनवादी क्रान्ति र अवको वाटो विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सहजिकरण गरेका छन् ।