सुनसरी । समाजवादी प्रेस संगठन नेपालको प्रदेश १ को विस्तारित बैठक सम्पन्न भएको छ । बिहीबार सुनसरीको धरानमा सम्पन्न बैठकले सदस्यता अद्यावधिक, जिल्ला अधिवेशन र प्रदेश अधिवेशन २०७८ भदौ मसान्तसम्म गरि सक्ने सयम सिमा तोकेको छ । संगठनको विस्तारित बैठकले कार्य तालिका सहित समय सिमा तोकेको हो ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले उद्घाटन गरेको विस्तारित बैठकले २०७९ साउन मसान्तसम्म सदस्यता अद्यावधिक गरी प्रदेश तथा केन्द्रीय सचिवालयमा विवरण पठाइसक्ने, भदौ २५ गते सम्ममा १४ वटै जिल्लाको अधिवेशन गर्ने भदौ अन्त्यमा प्रदेश अधिवेशन गर्ने र आगामी निर्वाचन केन्द्रीत प्रचार कार्यशाला र प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरिएको समाजवादी प्रेस संगठन नेपालको प्रदेश नम्बर १ इन्चार्ज तीर्थ सिग्देलले जानकारी दिएका छन् ।
१४ मध्य १२ जिल्लाको सहभागिता रहेको विस्तारीत बैठकलाई नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा प्रदेश सचिव महेश रेग्मी र समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीले सम्वोधन गरेका थिए ।