काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणासँगै मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर मतदाता नामावली संकलन स्थगित गरिएको जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार अनलाइन फारम गरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने साउन २१ गतेसम्म समय दिइनेछ ।