January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

अमेरिकी सभामुख न्यान्सीको ताइवान भ्रमणप्रति झलनाथको आपत्ति

2.3K

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सम्म‍ानित नेता झलनाथ खनालले अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै ताइवान चीनको अभिन्न अंग भएकाले अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

mostbet

उनले भनेका छन्, ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग हो, यस्तो परिस्थितिमा न्यानी पेलोसीको भ्रमण एक चीन नीतिको विपरीत हो ।’

Advertisement

उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने पनि उल्लेख गरेका छन् । एसियाली देशको भ्रमणमा निस्किएका अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवानको ताइपेइ पुगेका थिए ।

सभामुख पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा भएको थिएन ।