March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

कुवेत आएको दुई दिनदेखि नै सम्पर्कविहीन छन् दुर्गा बहादुर खड्का

2.7K

कुवेत । वैदेशिक देशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का आएको दुई दिन देखि सम्पर्कविहीन भएका छन् । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812)रहेका खड्काको घर उदयपुर जिल्ला भएको जानकारी प्राप्त भएको छ ।

दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८ अप्रिलबाट उनी सम्पर्कविहीन भएको सितल ठाकुरले जानकारी दिएका छन् । खड्काले ३ महिना बित्दासमेत परिवार, ईस्टमित्र आफन्त कसैलाई पनि सम्पर्क गरेका छैनन् ।

दुर्गा बहादुर खड्का सम्पर्कविहीन भएको र खोजीको लागि दुतावासलाई जानकारी आएदेखि निरन्तर पहल गरेको भए पनि उनको बारेमा अहिलसम्म केहि खुल्न नसकेको नेपाली दुतावास कुवेतले जनाएको छ ।

Advertisement

गत अप्रिलमा रोयल ओभरसिज मार्फत कुवेत आएका दुर्गा बहादुर खड्का सम्पर्कविहीन भएपछी परिवार चिन्तामा परेका छन् ।

खड्कालाई सम्पर्कमा आउँन आग्रह गर्दै कुवेतमा कार्यरत दाजुभाई दीदीबहिनीहरुले कहिँ कतै देखेमा वा उनको अबस्थाको बारेमा जानकारी भएमा कुवेतमा शितल ठाकुर-६९०३६४०९ र नेपालमा गुरु बहादुर खड्का ९८१५०५३००८ र सुबास खड्का ९८५१०९११९ सम्पर्क गरिदिन शितल ठाकुरले आग्रह गरेका छन्। उनी सम्पर्कबिहिन भएको ३ महिना बित्दा समेत अझैं सम्पर्कविहीन हुनुको कारण खुल्न सकेको छैन ।