August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

झापामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव फेला

210

दमक । झापामा पौडी खेल्ने क्रममा बेपत्ता भएकाझापामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्ज्वल खरेलको शव फेला परेको छ । साउन १७ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका खरेलको शव सशस्त्र प्रहरीले फेला पारी खोलाबाट बाहिर निकालेको छ ।

सोही जिल्लाको कमल गाउँपालिका १ बस्ने खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासि बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको टोली उनको खोजी कार्यमा जुटेको थियो ।

सशस्त्र प्रहरीले साउन १८ गते बिहान ०८ः२० बजेको समयमा सोही ठाउँमा करिब २० फिट गहिरो पानीमुनि उनको शव फेला पारेको हो ।

Advertisement