March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

क्यारम प्रतियोगिता सम्पन्न, झापाका अशोक तामाङ विजयी

2.9K

काठमाडौं । नेपालमा पहिलोपटक ‘क्यारम च्याम्पियन’ सम्पन्न भएको छ । काठमाडौंमा भएको प्रतियोगितामा झापाका अशोक तामाङ प्रथम भएका छन् । उनले नगद ५० हजार हात पारेका छन् ।

प्रतियोगितामा दोस्रो झापाकै विशेष ढकाल, तेस्रो काभे्रेका करण मगर र सान्तवना ललितपुरका कविन सुनुवाल भएका छन् । बिजेताहरूलाई खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्यारम फेडेरेसनका महासचिव भिभेक देस नारानले नगद पुरस्कार ट्रफी र प्रमाण पत्र वितरण गरे । यस्तै, दोस्रो हुनेलाई २५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वनालाई १० हजार नगदसहित ट्रफी र प्रमाण वितरण गरिएको थियो ।

अल नेपाल क्यारम एसोसिएसनको आयोजनमा साउन १३ र १४ गते काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा देशभरका एक सय प्रतियोगीहरूको सहभागिता भएको संस्थाका अध्यक्ष विनिता अर्यालले बताइन् ।

Advertisement

करिव १८ लाखको लागतमा सम्पन्न प्रतियोगिता सुरेन्द्र ढकाल फाउण्डेसनले एक लाख र उपसेनानी सौभाग्य देउजा स्मृति प्रतिष्ठानले ५० हजार वरावरको टी–सर्ट सहयोग गरेको र अन्य रकम आन्तरिक ढंगबाट व्यवस्थापन गरिएको संस्थाका प्रेस संयोजक ईश्वर अर्यालले बताए ।

संस्थाले आगामी अक्टोवरमा मलेसियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुने तयारी गर्दै गरेको समेत जानकारी गराएको छ ।
खेलकुदको रुपमा ग्रहण नगरिएको क्यारमलाई संस्थागत गर्दै नेपालसहित विश्वमा पहिचान गराउने र लुकेका प्रतिभाहरूको उजागर गर्ने अभिप्रायले संस्थाको सुरु भएको अध्यक्ष अर्यालले बताईन् । संस्थालाई आगामी दिनमा देशका सबै जिल्ला र प्रदेश स्तरसम्म गठन र पुनर्गठन गर्ने पनि अध्यक्ष अर्यालले बताए ।