March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

बुटवलमा समाजसेवा गर्ने उद्देश्यसहित सामाजिक संस्था स्थापना

5.1K

बुटवल । बुटवलका समाजसेवी महिलाहरूले सामाजिक संस्था स्थापना गरेका छन् । समाजसेवाद्धारा समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउने उदेश्यसहित बुटवलवासी महिलाहरूले ‘निर्मल हृदय संस्था नेपाल’ नामक सस्थाको स्थापना गरेका हुन् ।

शनिबार बुटवलस्थित होटल रोयल चौतारीमा भएको एक औपचारिक कार्यक्रमबाट समाजसेवी सुलोचना भण्डारीको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । यस्तै, संस्थाको उपाध्यक्षमा समिता कार्की, सचिव छवि न्युरे, सह–सचिव संगीता गैरे, कोषाध्यक्ष गंगा लिम्बू, सह–कोषाध्यक्ष सुशिला कुवर लगायत अन्य सदस्यहरु रहेका छन् ।

संस्था स्थापना साथै संस्था सन्चालन विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ ।

Advertisement

समिति गठन गरिएको भोलिपल्टै संस्थाले हिलपार्कस्थित सुस्त मनस्थिति बाल विद्या मन्दिरमा कार्यक्रम गरि विधुतिय सामग्री तथा नगद सहयोग गरेको छ ।

संस्थाकी अध्यक्ष सुलोचना भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव छवि न्युरेले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष समिता कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सस्थाको उद्देश्यबारे जानकारी गराइन् भने उक्त बाल विद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसालले विदालयको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका तस्वीरहरु ।