August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

अरनिको राजमार्ग भासियाे, चीनसँग सवारी आवागमन अवरूद्ध

230

काठमाडौं । अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सडक भसिएको छ ।

राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा अन्दाजी २० मिटर सडक भासिएको छ ।

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

Advertisement

सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।