March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको मृत्यु

2.1K

दमक । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । झापा, कन्काई नगरपालिका–३ योगमाया सालिक छेउमा मे.१ च १६५४ नम्बरको
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका प्र.१–०१–०१५ प २१४८ नम्बरको स्कुटरका चालक झापा गाउँपालिका–६ बस्ने २३ वर्षीय राजेश कार्कीको आइतबार बिहान मृत्यु भएको हो ।

यही साउन ४ गते भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार मृतककी श्रीमती २० वर्षीया शर्मिला कार्की बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार पश्चात गत आइतबार डिस्चार्ज भएकी थिइन् ।

Advertisement

एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।