पाँचथर । देशमा विभिन्न व्यवस्थाहरू आए पनि देश उल्टो गतिमा चलिरहेकाले सत्ता चलाउनेलाई व्यङ्ग्य स्वरुप आफूले उल्टो पदयात्रा सुरु गरेको बताउने सुनसरीका युवा ओमप्रकास बानियाँ १६ दिनमा पाँचथरको सदरमुकाम फिदिम आइपुगेका छन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै विराटनगरबाट ताप्लेजुङको धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्मको उल्टो पदयात्रा सुरु गरेका बानियाँ १६ दिनमा पाँचथरको सदरमुकाम फिदिम आइपुगेका हुन् । यात्राको १६ औं दिनमा करिब २ सय ५० किलोमिटरको दूरी पार गर्दै बानियाँ आइतबार फिदिम आइपुगेका हुन् ।
विराटनगरबाट ६ जिल्ला उल्टो पदयात्राबाट पार गर्ने उनले बताए । तराईका जिल्लाहरूमा दैनिक लगभग १५ किलोमिटर हिँडेको र पहाडी जिल्लाहरूमा अवस्था र मौसम अनुसार यात्रा तय हुने बताए । बानियाँले असार ३२ गतेबाट यात्रा सुरु गरेको बताए ।