March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

मादक पदार्थ सेवन गरेर स्कुल बस हाक्ने चालकहरू कारबाहीमा

2.5K

काठमाडौ् । ट्राफिक नियम उल्लंघन गर्ने स्कुल बसहरू कारबाहीमा परेका छन् । आइतबार उपत्यकाका विभिन्न स्थानहरूमा प्रहरीले गरेकाे चेकजाँचका क्रममा १६ वटा स्कुल बसहरू कारबाहीमा परेका छन् ।

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकजाँचको क्रमना१६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कारबाही गरिएकाे काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

pinup pin up pin up pinup

कारबाहीमा पर्नेहरूमध्ये ५ जना चालकले मादक पदार्थ सेवन गरेकाे भेटिएकाे प्रहरीले जनाएकाे छ ।
अबका दिनमा यस्ताे चेकजाँच अभियान निरन्तर रूपमा सञ्चालन गरिने ट्राफिक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

Advertisement