August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

समाजवादी प्रेस संगठन बारामा अजय साह

250

बारा । समाजवादी प्रेस संगठन नेपाल बारा शाखाको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट अजय साह सर्व सम्मतिमा अध्यक्षमा निर्वाचित भएका छन् ।
बाराको सदरमुकाम कलैयामा सम्पन्न प्रथम जिल्ला अधिवेशनले साहको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सहसचिवमा अफरोज आलम, कोषाध्यक्षमा सावित्री शर्मा, सदस्यहरूमा पवन वि।क।, विजय कुमार, अरुण मेहता, अनिल मण्डल, जितेन्द्र कुशवाहा, निरज गुप्ता लगायत निर्वाचित भएका छन् ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्य एवं विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाराका अध्यक्ष एवं मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्मा विशेष सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा मधेस प्रदेशका सांसद सीता गुरुङ, नेकपा (एकीकृत समाजवादी) का सचिव विक्रम ठाकुर, सहसचिव धुर्व यादव, समाजवादी प्रेस सङ्गठनका उपमहासचिव रामकुमार एलन, सङ्गठनका सचिव तथा मधेस प्रदेशका इन्चार्ज एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुभास साह, सङ्गठनका केन्द्रीय सदस्य एवं पार्टी जिल्ला कमिटी प्रचार विभाग प्रमुख रमेश सुवेदी, सङ्गठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठ, मधेस प्रदेश कमिटीका अध्यक्ष बृजलाल पासवान, अनेरास्ववियुका सचिव इमरान आलम, जिल्ला समन्वय समिति बाराका सदस्य श्यामबाबु यादव, युवा संघ नेपाल कलैया नगर कमिटीका अध्यक्ष हरिओम साह लगायतको विशेष सहभागिता रहेको थियो ।

Advertisement