November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाका लागि आवासीय राजदूत डा. खतिवडाले लिए शपथ

4.8K

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गत मंगलबार डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी थिइन ।

Advertisement