March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

आागमी निर्वाचनसम्म गठबन्धन रहन्छ: मन्त्री चौधरी

2K

दमक । शहरी विकास मन्त्री मेटमणि चौधरीले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्ममा ६ दलीय गठबन्धनका रुपमा विकास हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी समेत यो गठबन्धनमा आवद्ध भएर निर्वाचनमा जाने बताए ।

झापाको दमक र कमलका महत्वपूर्ण योजनाहरुको स्थलगत निरीक्षणपछि समाजवादी प्रेस संगठन झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चौधरीले यो गठबन्धन यो निर्वाचनमा मात्रै नभएर अरु १०–१५ वर्षसम्म पनि जान सक्ने बताए ।

संघ र प्रदेशको आगामी निर्वाचन मसिंर वा फागुनमा हुन सक्ने भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चलेको एकीकरण सम्बन्धिको चर्चाले दलीय गठबन्धनमा नकारात्मक असर नपार्ने बताए ।

Advertisement

संसदीय व्यवस्थालाई कायम राख्न पनि केपी ओली नेतृत्वको एमाले इतरमा रहेका अन्य दलहरु एक ठाउँमा उभिनु पर्ने अवस्था आएको उल्लेख गरे ।

नेकपा एमाले पनि तत्कालिन अवस्थामा अन्य ८÷९ दलसँगको सहकार्यबाट मात्रै ठुलो दलका रुपमा स्थापित भएको स्मरण गर्दै मन्त्री चौधरीले एमाले अध्यक्ष ओलीले कार्यकर्ता र आफ्ना सांसदहरुलाई समेत ढाँटेर एक्लै ठुलो पार्टी बनेको भनेर भ्रम छरेको टिप्पणी गरे ।