March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन सांसद विशुंकेको माग

2.5K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद पार्वती विशुंकेले बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद विशुंकेले संविधानको व्यवस्थाबमोजिम नियुक्त भएका बाल विकास शिक्षकहरूको श्रमशोषण भइरहेको भन्दै बाल विकास शिक्षकहरू सरकारले दिन्छु भनेको तलब भत्ता नपाएर बाल विकास कक्षा नै बन्द गर्नुपर्ने र आन्दोलित बन्नुपर्ने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘सरकारले ५ बर्ष मुनिका बालबालिकाको समग्र विकासका गर्नका लागि बाल विकास केन्द्र सन्चालन गरेको छ, त्यहाँ पढाउने शिक्षकलाई सुविधा दिएको छैन । हाल देशभर करिब ३० हजार बाल विकास शिक्षक छन् । उनीहरूको मासिक पारिश्रमिक ६ हजारमात्रै छ । सरकारले आर्थिक वर्ष २०७८०७९ को बजेटमै संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पु¥याउने घोषणा गरे पनि त्यसको कार्यान्वयन भएको छैन । संघीय सरकारले ८ हजार केन्द्रबाट उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले बेहोर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले संघको त्यस्तो निर्णय स्वीकारेका छैनन् । कम्तिमा बाल विकास शिक्षकले अहिलेको परिस्थिति सुहाउँदो पारिश्रमिक पाउनुपर्छ । बालबालिकालाई असल ज्ञान दिने सहजकर्ताले आन्दोलन गर्ने कि उनीहरूलाई सिकाउने दोधारको अवस्था सिर्जना नगरियोस् ।’ सांसद विशुंकेले भनिन् ।

Advertisement